विमानस्थल अध्यागमनमा ‘सेटिङ’ : पर्यटक भिसामा खाडी

काठमाडौँ असाेज ४। दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक भिसामा गएका उनीहरुका पासपोर्टमा ‘लो प्रोफाईल’ भन्ने टिप्पणीसमते लेखिदियो ।

 

उनीहरु तयसअघि कुनै देश गएका थिएनन् ।  पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । भारतीय अध्ययगमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्यो ।

 

तीनै जनालार्य एयर इन्डियाले काठमाडौं फिर्ता ल्याएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्तलमा मानव तस्करीको सेटिङ चालु रहेको शांक बढेको छ । पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउने र त्यहीबाट मानव तस्करी गर्ने समुहहरु सक्रिय रहेको अघिल्लो महिना पनि पाईएको थियो ।

 

साउन १ गते एयर अरेबिया र फ्लाई दुबइमार्फत दुबई उड्न आँटेका ५० यात्रु अफलोड गरिएका थिए । विमानस्थलका तत्कालीन वरिष्ठ अध्यागतम अधिकृत भीमराज पोखरेलले दुरदराजको गाउँबाट आएका र कमजोर आर्थिक हैसियत भएकाहरुको पर्यटक भिसामा शका गरेर रोके ।, यो खबर आजकोकान्तिपुर दैनिकमा छ ।