अख्तियार प्रमुखमा घिमिरेकाे नाम अनुमोदन

काठमाडौं असाेज ४। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे अनुमोदन भएका छन्।हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरेलाई संसदीय सुनुवाई विशेष समितिले विहिवार अनुमोदन गरेको हो । भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई सिफारिस गरेको थियो।

 

भदौ २४ मा संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो। तर घिमिरेविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा कुनै पनि उजुरी दर्ता भएनन्। संसदीय समितिले असोज १ गतेभित्र समितिमा आफैं आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी पठाउन सूचनामा भनिएको थियो ।

सुनुवाई समितिमा घिमिरेले सांसदहरुका प्रश्नको जवाफ दिएपछि उनी सर्वसम्मत अनुमोदन भएका हुन् ।