१८ किलो चरेससहित दुईजना पक्रउ

बझाङ, असोज ४ । बझाङको मष्टा गाउँपालिकाको कार्यालय नजिकैबाट प्रहरीको टोलीले १८ किलो चरेससहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

 

बुधबार बेलुका मष्टा गाउँपालिकाबाट सदरमुकाम चैनपुर तर्फ झोलामा चरेसल्याउदै गरेको अवस्थामा प्रहरीको गस्ति टोलीले चरेससहित मष्टा गाँउपालिका–२ का २० वर्षीय दिपक बुढा र जयपृथ्वी नगरपालिका–१० का हस्ता पुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्याकका प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए ।

 

दुबै जनाको झोलाबाट नौ–नौ किलो चरेश फेला पारेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी उक्त बरामत चरेश र व्यक्तिलाई सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।