आफ्नै सहकर्मीहरुलाई जुत्ताको माला, कारण सुन्दा सबै चकित पर्छन्

काठमाडौं  असाेज ४। नयाँ मुलुकी ऐनले यातायात व्यवसायीहरुलाई अंकुश लगाउने कोशिष गरेको भन्दै देशैभरका यातायात व्यवसायीले यातायात ठप्प पारेका छन । सार्वजनिक यातायात मजदुरहरुले तीन दिन देखि देशभरमा गाडी चलाएका छैनन् । मुलुकी ऐनको केहि बुँदाहरुको संशोधनको माग गर्दै यातायात ब्यवसायीहरु आन्दोलित भएका हुुन । उनीहरुले सवारी साधान एक ठाउँमा थन्काएर आन्दोलनमा उत्रेका छन ।

 

यसैबीच बन्दको अवज्ञा गरेको भन्दै आफ्नै सहकर्मीहरुलाई जुत्ताको माला लगाएका छन् ।आन्दोलनकारीले धादिङको सिम्ले, झापाको विर्तामोड, कपिलवस्तुको चन्द्रौटा, महोत्तरीको वर्दिवास, बारा, पर्सा लगायतका जिल्लाहरुमा यात्रुसहितका सवारी साधनलाई रोकी चालकलाई जुत्ताको माला लगाएका छन् । पूर्वघोषित कार्यक्रम सवारीको चाबी बुझाउने भएपनि चालकलाई कालोमोसो, जुत्ताको माला लगाउने जस्ता गतिविधिमा उत्रिएका छन् ।

 

सडकका गुडेका सवारीहरुलाई रोक्ने र विभिन्न ठाउँमा जुत्ताको माला लगाएर मानमर्दन गर्ने काम भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ ।मुलुकी अपराध संहिता र यातायात व्यवस्था ऐन २०४९ मा भएको संशोधनमा दुर्घटनामा कसैको मृत्यु भए चालकलाई ५ देखि १२ वर्ष कैदको व्यवस्था भएको भनी झुटो प्रयास भएको उनले बताए।