एउटी महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिए पछी डाक्टर नै चकित परे

एजेन्सी । एउटा मानिसले एक पटकमा कतिवटा बच्चा जन्माउन सक्ला ? २, ३ वा ४ ? तर इन्डियानामा ४२ वर्षकी मारिया हर्नान्डेज नामक महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएर विश्वलाई नै चकित तुल्याइदिएकी छिन् । मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी हुन्। यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन्।

 

मारिया हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो । मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा स्वस्थ भएको कुरालाई लिएर धेरै नै खुशी छन् ।

 

मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्रकट गरेका छन् । यस्ता घटना विश्वमा निकै नै विरलै मात्रामा घट्ने गर्छन् ।