स्याङ्जा कारागारमा कार्यरत प्रहरी जवानले हाने आफैलाई गोली

काठमाडौं असाेज ७। कारागार स्याङ्जामा कार्यरत नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफ्नै राईफलले आफैलाई गोली हानेका छन् ।

 

कारागार प्रमुख बुद्धिप्रसाद शर्माले प्रहरी जवानले डिउटीमै आफैले आफैलाई गोली हानेको पुष्टि गरे। उनले मृतक जवानका विषयमा थप बुझ्ने कार्य भइरहेको जानकारी गराए ।

 

प्रहरीका अुनसार कारागारको मूल गेटमा डिउटीमा खटिएका उनले आफूसँग रहेको मार्का ४ राईफलबाट १ राउण्ड गोली आफ्नै च्यापुमा हानेका हुन्।

 

गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल लगिएकोमा बिहान करिब ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।उनी शनिबार राति २ बजेदेखि बिहान ६ बजेसम्मका लागि कारागारको मूल गेट सुरक्षामा खटिएका थिए।