महाअभियाेग फेस गर्न तयार न्यायाधीश जाेशी

काठमाडौं असाेज ७। संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि लामाे बिदामा बसेर सर्वाेच्च फर्केका न्यायाधीश दीपकराज जाेशी महाअभियाेग सामना गर्न तयार भएका छन् । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि न्यायाधीशमा पनि अयाेग्य भनेर प्रश्न उठेपछि पनि उनले अाफु न्यायाधीशमा याेग्य भएकाे भन्दै अदालत गइरहेका छन् ।

 

नेकपाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेपछि  न्यायाधीश जोशीले आफूले महाअभियोगको सामना गर्ने प्रतिक्रिया दिएका छन् । सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् ।  जोशीले महाभियोग लगाए आफूसँग कुनै विकल्प नहुने भन्दै सामना गर्न तयार रहेको बताए ।

 

‘दबाबका लागि हस्ताक्षर संकलन गरेका होलान् तर महाभियोगको प्रस्ताव दर्ता गरहाल्छन् भन्नेचाहिँ मलाई लाग्दैन’ न्यायाधीश जोशीले भने । राजिनामा दिन्न बाेरू म अयाेग्य हुनुकाे कारण म संसदबाट खाेज्छु, उनले भने । संसदीय सुनुवाइ समितिबाट याेग्य भएर सर्वाेच्चकाे न्यायाधीश भएकाे उनले दाेहेाराए ।