नेपाल र मलेसियाबीच आइतबारको खेल बराबरी

काठमाडौं, असोज ७ । एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आइतबार बराबरी खेलेको छ । नेपालले मलेसियासँग ४ – ४ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।

 

हल्चोकस्थित एपीएफ क्लबको मैदान मलेसियाले लिएको सुरुवाती अग्रता उल्टाएर नेपालले बराबरी खेलेको हो । नेपालका लागि कप्तान प्रिती राई, सुस्मा तामाङ र सबिता रानामगरले एक एक गोल गरिन् ।

 

नेपालले एक गोल आत्मघाती उपहार पाएको थियो । मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गर्दा नरुल नबिला र विटी तामिङले एक गोल गरिन् । यस्तै मलेसियाको लागि तामिङले नै आत्मघाती गोल गरेकी थिइन् ।