तपाईका लागि यस्तो छ आजको राशीफल मिति २०७५ असाेज ८ गते सोमवार

मेषः– आजको अधिकाँश समय अनुकुल देखिन्छ काममा ढिला सुस्ति नगरि बढ्नु होला । वुद्धिको सदुपयोग गरेर काम गर्नु भयो भने धेरै काममा सफलता मिल्नेछ । राज्यसँग सम्बन्धित काम बन्ने छन् । नोकरीमा जिम्मेवारी बढ्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । साँझपख समय प्रतिकुल बन्नेछ । काममा अवरोध तथा खर्च विवाद बढ्नेछ ।

 

वृषः– कार्य क्षमता बढ्नेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । गरेका काम कुशलता पूर्वक सम्पन्न हुनेछन् । पढाई लेखाईमा सामान्य प्रगति हुनसक्छ । वाणिज्य क्षेत्रमा नयाँ सम्भावना देखिने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार भाई बन्धुको सहयोग सहानुभूति मिल्नेछ । लगानीबाट फाइदा हुनेछ ।

 

मिथुनः–अनुकुलता भन्दा प्रतिकुलता बढि देखिन्छ काम गर्दा विचार पु¥याउनु होला । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । बाह्य सम्बन्ध त्यति राम्रो हुनेछैन । घरडेराको समस्या पर्न सक्छ । सवैलाई आफन्त ठान्नु गलत हुनसक्छ । साँझपख समयमा सुधार आउनेछ । रोकिएका काम अगाडि बढ्ने छन् ।

कर्कटः– गलत विचार बढ्नेछ । आत्मविश्वास घट्नेछ । अनाहकमा समय जानेछ । अनुत्पादक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिने देखिन्छ । स्वास्थ्यले पनि कम साथ दिनेछ । उच्च रक्तचाप बढ्न सक्छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । नोकरी तथा राजनीति क्षेत्र पनि कमजोर देखिन्छ । विवाद बढ्न सक्छ ।

 

सिंहः– अपरान्ह पूर्वको समय सामान्य अनुकुल देखिन्छ । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । लोभ मोह बढ्नेछ । वैदेशिक काममा आंशिक सफलता मिल्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । साँझपख समय प्रतिकुल बन्नेछ । खर्च विवाद एवं स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्याः– सहज रुपमा काम गर्ने वातावरण मिल्ने छैन । मनमा दुविधा बढ्न सक्छ । पठन पाठनमा प्रगतिको सम्भावना क्षीण देखिन्छ । प्रेममा धोका हुनसक्ने कुरालाई नकार्न सकिन्न । मित्रहरुको सहयोग त्यति मिल्ने छैन । घर परिवारिका समस्याले छोड्ने छैन । घर डेराको समस्या पर्न सक्छ । यात्रा कष्टपूर्ण हुनेछ । विरोधी सक्रिय हुनेछन् ।

 

तुलाः– शारीरिक एवं मानसिक थकान बढ्नेछ । वैराग्यता त्यागेर काम गर्नु होला । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । आफन्तको काम गरेर जश पाइने छैन । दैनिक काम काजमा अवरोध आउनेछ । घरयासी समस्या बढ्नेछ । वुद्धि विवेकको प्रयोग गरेर काम गर्नु होला । व्यापार व्यवसायमा अवनति हुनेछ । खर्च बढ्नेछ ।

 

वृश्चिकः– काम गर्ने वातावरण मिलएर अगाडि बढ्नुहोला । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । घर परिवार साथी भाई इष्टमित्रबाट सहयोग पाईनेछ । काम गरेर मनग्य धन कमाउने अवर मिल्नेछ । आस्था र विश्वास बढ्नेछ । घरमा भेटघाट जमघट बढ्नेछ । भौतिक सम्पतिको वृद्धि हुनेछ । कार्य लगनशिलता बढाउनु होला ।

 

धनुः– दिनको अधिकाँश समय अनुकुल जस्तै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । कला सहित्यमा अभिरुची बढ्नेछ । मित्रको सहयोग पाईनेछ । वैदेशिक कामबाट लाभ हुनेछ । साँझपख समय प्रतिकुल बन्नेछ समयमा काम सम्पन्न गर्नु होला । महिलाको सहयोग लिएर काम गर्दा बढि फाइदा हुनेछ ।

 

मकरः– समय सुधारोन्मुख देखिन्छ । कार्य लगनशिला विस्तारै बढ्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । रिस,अहंकार र क्रोध नियन्त्रण गरेर काम गर्नु होला । मिलेर कुनै पनि काम नगर्नु होला । आएको अवसरको सदुपयोग गर्न सके धेरै उपलब्धि हात लाग्नेछ । साँझपख केहि नयाँ कामको बारेमा चिन्तन मनन हुनेछ । आत्म विश्वास बढ्नेछ ।

 

कुम्भः– सामान्यतया ग्रह गोचर अनुकुल देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । बाह्य सम्बन्ध त्यति राम्रो बन्ने छैन । राजनैतिक व्यक्तिको भर परेर कुनै काम नगर्न होला धोका हुनसक्छ । योजना बनाएर काम गर्नु होला । व्यापार व्यवसायबाट सामानय आम्दानी हुनेछ । आर्थिक कारोवार गर्दा एकपटक सोचेर मात्रै गर्नु होला ।

 

मिनः– दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । उधारो कारोवार गर्दा पछि उठाउन गाह्रो हुनेछ । अनुत्पादक खर्चमा वृद्धि हुनेछ । विश्वास र भरोसा टुट्न सक्छ । आर्थिक हिनामिनाको आरोप लाग्न सक्छ । साँझपख समयमा सुधार आउनेछ । केहि काम हुनेछन् ।