दुर्लभ पाटेबाघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घटे

कञ्चनपुर, असोज ८ ।आइतबार घोषित गणनाको नतिजा अनुसार पाटेबाघको संख्या गत बर्षको तुलनामा घटेको पाईएको हो । सन् २०१७ मा निकुञ्जमा गणनाका क्रममा १७ वटा वयस्क पाटेबाघ फेला परेका थिए ।

 

दुर्लभ पाटेबाघको संख्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घटेको छ ।  गत् माघमा क्यामेरा ट्रयापिङको सहायताले गरिएको पाटेबाघ गणनामा बाघको संख्या १६ रहेको पाइएको छ ।

 

क्यामेरा ट्रयापिङमा १५ वटा पाटेबाघको तस्वीर फेला परेको छ निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले भने, ‘संख्या घटेको देखिए पनि औषतमा पाटेबाघको संख्या १५ देखि २१ को हाराहारीमा रहेको छ ।’ क्यामेरा ट्रयापिङमा परेका पाटेबाघमा ९ भाले र ६वटा पोथी रहेको उनले बताए ।

 

भाले बढी हुदा प्रजननका लागि पोथीलाई तयार गर्न डमरुलाई मार्ने, भोले भाले विच संघर्ष हुने र निकुञ्ज नजिकै भारतीय दुधुवा नेशनल पार्क पर्ने भएकाले बाघले सीमावारपार गर्ने भएकाले पनि संख्या घटेको हुन सक्ने उनको भनाइ छ ।

 

निकुञ्जमा पाटेबाघको चोरी शिकारी भएको निकुञ्ज संग कुनै रेकर्ड छैन । गत जेठमा निकुञ्जमा पोथी पाटेबाघ मृत अबस्थामा फेला परेको र दुई वटा डमरु मृत अबस्थामा फेला परेका थिए ।

 

सन् १९७४ देखि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाघ संरक्षणको कार्य गरिदै आएको छ । बाघ गणनाको कार्य भने सन् १९९९ देखि निरन्तर रुपमा प्रति बर्ष हुदै आएको छ । निकुञ्जको ३०५ बर्ग किलोमिटर क्षेत्र पाटे बाघको मुख्य बासस्थानका रुपमा रहेको छ । सन २०१० मा रसियाको सेन्टपिर्सवर्गमा भएको बाघ सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा नेपालले सन २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरेको छ ।

 

कुल ५ हजार, ५ सय किलोमिटर क्षेत्र भित्र बाघ गणना गरिएको हो । प्रत्येक पाँच बर्षमा गरिने बाघ गणनामा सन् २००९ मा गरेको बाघ सर्वेक्षमा शुक्लाफाँटामा बाघको संख्या १० थियो, भने सन् २०१३ मा बढेर १७ पुगेको थियो । गएको पाँच बर्षको अबधिमा ८ देखि १२ को हाराहारीमा रहेको पाटे बाघको संख्या गत बर्ष बढेर १७ पुगेको थियो ।