गाडधन निकाल्न भन्दै पटक पटक मध्यरातमा पूजा गर्ने प्रिन्सिपल सहित ५ जना पक्राउ

शाेभा जिसी

नवलपरासी,असोज ८ ।गाडेको धन अर्थात गाड धन निकाल्ने भन्दै पटक पटक मध्यरातको समयमा पूजा गर्ने प्रिसिन्पल सहित ५ जना नवलपरासीमा पक्राउ गरेका छन् ।

 

यस अघि विद्यालय परिषरमै गाडधन निकाल्न भन्दै मध्यरातमा मानव वली दिन खोजेको आरोप लागेका पश्चिम नवलपरासीको प्रतापपुर गाउंपालिका ३ अमहवामा रहेको गोल्डेन लाईफ इंलिस स्कूलका सञ्चालक तथा प्रिसिन्पल हरेन्द्र बडै शर्मा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनले फेरि राति १० बजेतिर गाडधन निकाल्न भन्दै अन्धविश्वासको पछि लागि पूजा गरेपछि इलाका प्रहरी कार्यालय सेमरीले पक्राउ गरेको हो ।उनले प्रतापूर गाउपालिका बडा नं. ३ धनेबा खोला नजिकै शनिवार राती १० बजेतिर पिपलको बोटमा पुजागरेको र त्यसको ५०० मिटर टाढा खोलाको छेउमा खाडल खन्दै गरेको अवस्थामा खोलामा माछा मार्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

प्रहरी राति साढे एक बजे जांदा उक्त स्थानमा बलिरहेको बत्ति, माटोको भाडामा खिर पकाएको, सानो खराउ र खाडल खन्न प्रयोग गरिएको फरुवा (ठूलो कोदालो) प्रहरीले फेला पारेका थिए ।

 

प्रहरी आएपछि पुजामा रहेका ५ जना मध्ये प्रिन्सिपल हरेन्द्र बडै शर्मा र भानु मुसहर भागेका थिए । भने प्रतापुर ३ का ५५ बर्षिय ठगई प्रसाद मुसहर, उनका छोरा १८ बर्षिय बलिराम मुसहर र गुल्मी जिल्ला अर्बाैनी घर भई हाल सुनवल नगरपालिका १२ भूमहिमा बस्दै आएका ३२ बर्षिय तिलक भट्टराईलाई घटना स्थलबाटै फक्राउ गरेको थियो ।

 

ईलाका प्रहरी कार्यालय सेमरीले प्रिन्सिपल हरेन्द्र बडै र भानु मुसहरलाई आईतवार विहान घरबाटै पक्राउ गरिएकाे जनाएको छ ।

पक्राउ गरेका ५ जनालाइ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा चलान गरेको छ । प्रिन्सिपल बडैले यस अघि पनि विद्यालय प्राङ्गणमा गहिरो खाल्डो खनेर पुजा गरी महिलालाई बलि दिन लागेको आरोप लागेको थियो ।

 

गत जेठ महिनामा भएको घटनामा बलि दिन लागिएको भनिएकी प्रतापपुर ३ अमवाकी फुलमति मुसहरले आफुलाई बलि दिने प्रयास गरिएको भन्दै ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी थिईन ।

 

असोज २ गते देखि पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ शंकरपुरका १२ बर्षिया बालक रोहित चौधरी हराईरहेको समयमा बडैले खाडल खनेर पहिले झैं पुजा गरेको देखेपछि गाउलेहरु ससंकित भएका हुन ।

 

साईकलमा साथीको घरमा गएको भनिएका रोहितको अहिले सम्म कुनै अत्तो पत्तो पाईएको छैन ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सम्बन्धीत ब्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेकोले दोषि ठहर भए कडा भन्दा कडा कारबाहि हुने बताएका छन् ।