विवाह गर्न नमानेको भन्दै महिला माथि एसिड र छुरा प्रहार

     शोभा जी.सी.

नवलपरासी,असोज ९ ।पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीमा आफूसंग विवाह गर्न नमानेको भन्दै एक जना महिला माथि एसिड र छुरा प्रहार भएको छ ।

 

स्थानीय ३६ बर्षीय खले विक भन्ने विमल श्रीपालीले हरबासीका ३० बर्षीय वसन्ती परियारलाई एसिड प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार श्रीपालीले परियारलाई एसिड प्रहार गरी ३ पटकसम्म छुरा प्रहार गरेका थिए । परियार गम्भीर घाइते भएकी छिन् । उनको भरतपुरमा उपचार भईरहेको छ ।

 

एसिड प्रहार गर्ने विमल श्रीपालीलाई राति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीपालीले सोमबार राति घर फर्कदै गर्दा बाटोमा वसन्ती परियारलाई एडिस प्रहार गरी छुरा प्रहार गरेका थिए ।