रोकिराखेको ट्रकमा बसले ठक्कर दिदा बसमा सवार८ जना घाइते, मध्ये ३ जनाको अवस्था गम्भीर

     शाेभा जी.सी.

नवलपरासी,असोज ९ ।नवलपरासीको गैडाकोट नगरपालिका १६, सोह्र नम्बर चोकमा गएराति भएको सवारी दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

 

काठमाडौबाट पाल्पा आउँदै गएको लु २ ख ३९६ नम्बरको बसले गैडाकोटमा रोकिराखेको लु १ ख ६७५४ नम्बरको ट्रकलाई ठक्कर दिदा बसमा सवार ८ जना घाइते भएका हुन् ।घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

 

दुर्घटनामा परी नवलपरासीको सुनवल ४ निवासी २१ वर्षीया पवित्रा कुवंर, प्रतापपुर ३ निवासी ५२ वर्षीया राधा चौधरी र पाल्पा निवासी ३५ वर्षीय पदम ब. कुवर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।