प्रदेश ७ को राजधानी ‘गोदवारी’ नाम ‘सुदूरपश्चिम रहने

धनगढी, असोज ९  । प्रदेश  ७ को नामाकरण र राजधानीलाई लिएर जारी रहेको विवाद टुंगो पुग्ने देखिएको छ ।साउन १४ गते सांसद तारा लामा तामाङको संयोजकत्वमा गठित संसदीय समितिले मंगलबार संसदमा प्रतिवेदन प्रस्तुत गरेको छ ।

 

प्रदेश सातको नाम खप्तड, महाकाली, दशरथ चन्द र सेतीमहाकाली राख्नुपर्ने आवाज उठेको थियो । तर समितिले पाँच विकास क्षेत्रको संरचना अनुसारकै सुदूरपश्चिमलाई नै प्रदेशको नाम राख्नुपर्ने सिफारिस गरेको हो ।

 

सांसद लामाको संसदीय समितिले प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नगरपालिका क्षेत्रलाई तोक्ने सिफारिससहितको प्रतिवेदन संसदमा पेश गरेको हो ।

 

समितिलले राजधानीका लागि सिफारिस गरेको गोदावरी नगरपालिका हालको अस्थायी राजधानी धनगढीबाट करिब २० किलोमिटर उत्तरमा  पर्दछ ।

 

प्रदेशको नाम र राजधानी तोक्न यसअघि प्रदेश सातको राजधानी डोटीको दिपायल राख्नुपर्ने मागसहित आन्दोलन पनि भएको थियो । दिपायल तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको सदरमुकाम पनि हो ।