लाईसेन्स खारेज हुने ट्राफिकको यस्तो छ नयाँ नियम

काठमाडौ, असोज ११ ।दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् । लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि ।

 

यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने । दुर्घटना हुन नदिन ईलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गर्ने गरेको हो ।

 

दसै—तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याईएको हो । चालकले जुत्ता लगाए—नलगाएको ट्राफिक प्रहरीले अनुगमन गर्ने छ ।जुत्ता नलगाए जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ ।, आजको कान्तिपुरदैनिकबाट ।