चिनीको मूल्य दशैँको मुखमा बढ्यो

काठमाडौं, असोज १२ ।दशैँ र चाडपर्वकाे मुखमा चिनीको मूल्य ह्वात्तै बढेको छ । सरकारले चिनी आयातमा रोक लगाएदेखि बजारमा बढ्दै गएको चिनीको मूल्य बिहिबार आइपुग्दा १५ रुपैयाँ भन्दा बढीले बढेको हो ।

 

हालैको मन्त्रीपरिषदको बैठकले चिनी आयातलाई निरुत्साहित गर्न आयात कम गर्ने निर्णय गरेको थियो । सरकारले चिनी आयातमा रोक लगाएपछि व्यापारीहरुले कृतिम अभाव देखाएर भाउ बढाएका हुन् । अहिले विराटनगरमा चिनी किलोमै १५ रुपैयाँ बढेको छ ।

 

एक साता अघि किलोको ६५ रुपैयाँमा पाउने चिनीको मूल्य अहिले एक्कासी ८० रुपैयाँ पुगेको छ । विराटनगरसँगै जोडिएको भारतीय बजार जोगबनीमा प्रति किलो ५४ रुपैयाँमा पाउने चिनी उपभोक्ताले यहाँको बजारमा ८० रुपैयाँमा खरिद गर्न बाध्य छन् ।