नेपाल आइडल सुदूरपश्चिमका एक मात्र प्रतिस्पर्धी रविलाई यसरी भोट गर्नुस्

काठमाडौँ, असोज १२। सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी नेपाल आइडलमा रहेका रवि वडलाई कसरी भोट गर्ने भनेर  धेरैलाई थाह नहोला। त्यसकारण हामी जानकारी गराउँदै छौं । सबैभन्दा पहिले मोबाइलको म्यासेज बक्समा जानुहोस्, अनि १० नम्बर टाइप गरि ३१००९ मा पठाउनुहोस्।भोट गर्न  बिहीबार साँझ ८ः३० देखि शुक्रबार विहान ११ बजेसम्म मात्र गर्न सक्नु हुनेछ । भोट नमस्ते, स्काई, एनसिएल, स्मार्ट तथा जुनसुकै सिमबाट पनि गर्न सकिने छ ।

 

उनी नेपाल आइडलमा अब प्रदेश सातबाट प्रतिस्पर्धा गर्ने एक मात्र प्रतिस्पर्धी हुन् । रबिको आवाजमा जादू छ । त्यसकारण त उनी आइडलमै छन् । रबिको आवाजको जति प्रशंसा गरेपनि कम हुन्छ ।

 

केही महिनादेखि नेपालको एक ठूलो ‘गायन रियालीट शो’ नेपाल आइडल सिजन २ प्रशारण भइरहेको छ । सिजन २ मा पनि थुप्रै मिहिनेती प्रतिस्पर्धी छन् । उनीहरुबीच अहिले ठुलाे प्रतिस्पर्धाको रौनक झन बढेको छ । कठिन प्रतिस्पर्धाबीच मैदानमा छन्, प्रदेश सातबाट मिठो आवाज भएका रबि वड , उपाधि जित्ने दौडमा रहेका छन् ।

 

रबिले ‘पियानो राउण्ड’ पूरा गरिसकेका छन् । उनी अहिले ‘उत्कृष्ट १२’ भित्र पर्न सफल भएका छन् । रबिले धनगढी अडिसनबाट भाग लिएका हुन् । उनने पहिलो चरणमा कमल खत्रीको ‘अब जाउँला रेलैमा, माया तिम्रो साथैमा’ बोलको गीत गाएर ‘गोल्डेन टिकट’ पाएका थिए ।

 

त्यसपछि उनले ग्रुपमा ‘पार्यो भुतुक्कै’, थिएटर राउण्ड पूरा गर्दा सुगम पोखरेलको ‘झिल्केले जाल बुन्यो’ बोलको गीतले साथ दियो । र गाला राउण्डमा पुर्याउन ‘फेवा तालमा साइली’ र ‘तिमि रोएको पल’ले महत्वपूर्ण भूमिका खेल्यो  । उनको यात्रा झन कठिन बनेको छ । आगामी यात्रा उनले बढि मिहिनेत गर्न जरुरी छ । किनकी अब कोहीभन्दा कम प्रतिस्पर्धी छैनन् ।

 

अब रवि झन कठिन मोडमा पुगेका छन् । कठिन यस अर्थमा कि आगामी चरणमा भोटिङबाट अगाडि बढ्ने हो । यसकारण उनको यात्राबारे यसै भन्न गाह्रो छ । तर, यथार्थ यो होकि रविले आइडलको उपाधि जित्न निकै मुस्कील छ ।