किर्ते अभियोगमा दुई उपसचिव पक्राउ


काठमाडौं असाेज १२। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत उपरजिस्ट्रार उपसचिव द्धय धर्मराज रोकााय र गंगाधार पौडेललाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा विहीबार दिउँसो बबरमहलबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।

 

किर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँबराबरको धनसम्पत्ति बेचविखनमा संलग्न रहेको अरोप लगोपछि उनीहरु फरार भएका थिए । यसअघि सोही प्रकरणमा १२ जनालाई पक्राउ गरिएको थियो ।, आजको नागरिक दैनिकबाट ।