ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटनामा २ काे मृत्यु

    रामकुमार श्रेष्ठ

नवलपरासी , असोज १३। नवलपुरको कावासोतीमा ट्रकले बसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । कावासोती–१६ डण्डामा शनिबार बिहान साढे २ बजे भएको दुर्घटनामा अन्य ३२ जना घाईते भएका छन् ।

 

नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५६२९ नम्बरको बसलाई बिपरीत दिशाबाट गएको ना ६ ख ७७१९ नम्बरको ट्रकले ठक्कर दिदा सो दुर्घटना जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

 

दुर्घटनामा परि बस चालक बा“के कोहलपुर नगरपालिका ४ बस्ने २३ बर्षका सुरज विक र कपिलबस्तु बाणगंगा गाउपालिका २ बस्ने २४ बर्षका लक्ष्ँम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घाइतेमध्य ११ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईते भएकाहरुमध्य ११ जनाकलाई उपचारका लागि चितवनको भरतपुर पठाईएको छ भने ५ जनाको मध्यविन्दु सामुदायिक अस्पताल डण्डा र १६ जनाको कालिगण्डकी अस्पताल कावासोतिमा उपचार भैरहेको छ । अहिले सवारी एकतर्फि रुपमा सञ्चालन भैरहेको छ ।