अधिकारीको स्मृतिमा शोक सभा
नवलपरासी,असोज १३। नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सल्लाहाकार गाेविन्द अधिकारीको १३ औं दिनको स्मृतिमा शोक सभा गरिएको छ ।
विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबास निवासी अधिकारीको स्मृतिमा नेकपा क्रान्तिकारी माओवादी र विप्लवको नेकपाले संयुक्त रुपमा श्रद्धाञ्जली सभा गरेको हो।
नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य श्याम कुमालको अध्यक्षतामा भएको शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुल, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी उत्तम थापा लगायतले अधिकारीको जीवनीमाथि प्रकाश पारेका थिए । शोक सभा विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य महेश आचार्यको सञ्चालनमा भएको थियो ।