शक्तिशाली भूकम्पपछि ईण्डोनेशियामा सुनामी जाँदा ५० जना भन्दा बढीको मृत्यु

काठमाडौं असोज १३ । ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जना भन्दा बढीको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७। ५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको जनाइएको छ । सुरुमा ६।० र त्यसपछि ७।४ र ६।१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ ।

 

भूकम्पको केन्द्रविन्दु सुलावेसी द्वीपको १८ किलोमिटर गहिराइमा भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले ९युएसजिएस० ले जानकारी दिएको छ । भूकम्पपछि करिब ६ फिट लामो सुनामी सुलावेसी द्वीपको पालू शहरमा पसेको थियो ।

 

तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको अधिकारीहरुले बताएका छन् । त्यसैले पनि धेरै मानवीय तथा भौतिक क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।सुनामीबाट प्रभावित पालू शहरमा करिब ३ लाखको मानिसको बसोबास छ । त्यहाँ टेलिफोन सेवा समेत ठप्प भएको छ ।बिबिसीबाट,