जहाँ एउटा यस्तो स्कुल छ शिक्षकले दिनहुँ विद्यार्थीको खुट्टा ढोग्छन्

  मुम्बई। हिन्दु संस्कारमा आफूभन्दा ठूलाको खुट्टा छुनुलाई एक सम्मान गर्ने तरिकाका रुपमा लिइन्छ । खुटुटा ढोगेपछि ठूलाले सानालाई आशिर्वाद दिने गर्दछन् । सानाले ठूलाको सम्मान र आदर गर्नु र ठूलाले सानालाई मायाँ गर्नुपर्छ भन्ने कुरा घरपरिवारदेखि विद्यालयस्तर सम्म सिकाइन्छ । तर एउटा स्कुलमा यो भन्दा ठ्याक्कै उल्टो व्यवहार गरिन्छ ।

 

मुम्बईमा रहेको एक स्कुलमा विद्यार्थीले शिक्षकको होइन कि शिक्षकले नै बिहानै विद्यार्थीको खुट्टा छोएर उनीहरुलाई सम्मान गर्ने गर्दछन् । रुशीकुल गुरुकुल विद्यालय नाम रहेको यस स्कुलले मान्छेमा नै भगवान बस्छन् भन्ने मान्यताका आधारमा यो परम्परा चलाएको हो । बच्चालाई भगवानका अवतारका रुपमा मानिने भएकाले उनीहरुको खुट्टा छोएर ढोग्नु भगवानलाई ढोग्न् समान मानिन्छ ।

 

यसबाट शिक्षकहरुले सहजै भगवानको दर्शन पाउन सक्छन् भन्ने मान्यता रहेको छ । विद्यार्थीहरुको शिक्षकहरुप्रति आदर सम्मान बढ्ने भएकाले यस्तो प्रथा अबलम्बन गरिएको हो । जसबाट उनीहरुमा ठूलाप्रतिको आदरभाव बढ्ने र उनीहरुले सबैलाई सम्मान गर्ने भएकाले यस्तो परम्परा चलाइएको हो ।

 

यो महाराष्ट् स्टेट सेकेन्डरी बोर्डबाट मान्यता प्राप्त विद्यालय हो । यो कुनै ठुलो स्कुल पनि होइन । यो सानो र भाडामा लिइएको बिल्डिडमा सञ्चालन गरिएको छ । जहाँ पढाउनका लागि नयाँ नयाँ तरिका अपनाउने गरिन्छ ।

यो एउटा सामान्य र सानो आर्थिक हैसियत भएकाले समेत पढ्न सक्ने स्कुलका रुपमा रहेको छ तर त्यहाँ विद्यार्थीलाई दिइने संस्कारले उनीहरुलाई खास बनाउने गर्दछ ।यस्तो संस्कार कुनै पनि स्कुलमा दिइदैन । त्यसैले यसले एउटा छुट्टै स्कुलका रुपमा मान्यता प्राप्त गरेको छ ।