सरकार ढाल्ने षड्यन्त्र भइरहेको दाबी :गृहमन्त्री थापा
प्रकासित मिति : १३ आश्विन २०७५, शनिबार
प्रकासित समय : २०:२५
गुल्मी असाेज १३। शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा वादलले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।गृहमन्त्री थापाले सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
बलात्कारीहरुलाई कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले महिलाहरु पनि जागरुक हुनु पर्ने बताए । जनस्तरमा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेकोतर्फ संकेत गर्दै उनले यो सदनमा पनि उठ्नु पर्ने बताए ।
गृहमन्त्री थापाले भने, ‘जनता र सरकार मिले मात्रै बलत्कार अपराधीलाई कठोर भन्दा कठोर सजाय दिन सकिन्छ ।’उनले सरकारले राम्रो काम गर्दा गर्दै पनि सरकारविरुद्ध घेराबन्दी भएको आरोप लगाए ।