सेयर कारोबारमा सुधार,यो साता लगानीकर्ता निकै उत्साहित

काठमाडौ, आश्विन १३ ।यो साता सेयर कारोबार बढेको छ । कुल कारोबारमा बैंकिङ समूहको हिस्सा बढेर ६४।५६ प्रतिशत पुगेको छ । यसको अर्थ वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढेको भन्नु हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको व्यावसायिक विस्तार तथा कार्यक्षमता हेर्दा पहिलो त्रैमासमा पनि राम्रो वित्तीय विवरण आउने अनुमान गरिन थालेका छन् । यसले लगानीकर्तामा उत्साह थपेको धितोपत्र ब्रोकरहरू बताउँछन् । यो साता कुल कारोबारमा वाणिज्य बैंकहरू आबद्ध बैंकिङ समूहले करिब साढे ६४ प्रतिशत हिस्सा ओगटेको छ । नेप्सेमा सूचीकृत विभिन्न समूहमध्ये करिब ४५ देखि ५० प्रतिशत कारोबार हिस्सा बैंकिङ समूहले ओगट्दै आएको छ ।

 

यो साता सेयर बजारमा सवा ३ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम २६।०२ प्रतिशतले बढी हो । करिब ३२ हजार ६ सय कारोबारबाट १ सय ८९ कम्पनीका १ करोड ६७ लाख ७२ हजार २ सय ४० कित्ता सेयर किनबेच भए । ती खरिद बिक्रीबाट ३ अर्ब ३० करोड ८१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता २७ हजार ७ सय कारोबारबाट २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

 

साप्ताहिक बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साढे ९ अंकले बढयो । तर, साताको पहिलो दिन आइतबारको तुलनामा नेप्से परिसूचक सोही अंक ९साढे ९ अंक० ले बढेको छ । आइतबार १ हजार २ सय ५७।६८ विन्दुमा रहेको नेप्से बिहीबार १ हजार २ सय ६७।१८ विन्दुमा छ । साप्ताहिक कारोबारमा जलविद्युत्, ‘अन्य’ र निर्जीवन बिमा कम्पनीको परिसूचक घटे । बाँकी सबै समूहका परिसूचक बढे ।

यो साता कारोबार रकम २३ करोड ३६ लाख १० हजार रुपैयाँ का आधारमा प्रभु बैंक अग्रस्थानमा छ । कारोबार सेयर संख्या ३० लाख ८५ हजार कित्ताका आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीको संस्थापक सेयर सबैभन्दा अघि छ । तर, कारोबार संख्या १ हजार ८ सय २७ वटाका आधारमा प्रभु बैंक नै अग्रस्थानमा रहेको नेप्सेको तथ्यांक छ । वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढ्ेको छ । सेयर कारोबार बढ्नुको प्रमुख कारण ती कम्पनीको सुध्रिँदो वित्तीय अवस्था हो ।