शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार भने सन्तोषजनक

काठमाण्डौ, १४ असोज । साताको पहिलो दिन अर्थात् आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से सूचक १०।४७ अंकले घटेर १२५६।७१ अंकमा झरेको छ । यद्दपी कारोबार रकम भने ५८ करोड बढी नै भएको छ ।

 

आइतबार १६६ कम्पनीका २० लाख कित्ता शेयर ५८ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। आइतबार कारोबार भएकामध्ये व्यापार समूह बाहेक सबै घटेका छन् । ब्यापार समूहको सूचक १।८६ अंकले बढेको छ भने निर्जीवन बीमा कम्पनीको सूचक ५८।२६ ,उत्पादन तथा प्रशोधन ३५।२६, होटल ३५।२२, विकास बैंक २२ /३६, जीवन बीमा १९।०१, माइक्रोफाइनान्स १५।७, बाणिज्य बैंक ९।१८ अंकले घटेका छन् ।

 

आइतबार सबैभन्दा धेरै साल्ट ट्रेडिङको शेयरमूल्य ३।८५ प्रतिशतले बढेको छ भने बेष्ट फाइनान्स कम्पनीको ३।०३ प्रतिशत, निर्धन उत्थान लघुवित्तको २।३० प्रतिशतले शेयर मुल्य बृद्धि भएको छ ।

 

कारोबार रकमको आाधारमा ग्लोवल आईएमई बैंक ६ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार गर्दे शिर्षस्थानमा छ भने सोल्टि होटलको ५ लाख ३५ हजार रुपैयाँ, एनआइसी एशियाको ३ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।