भारतीय गुप्तचर एजेन्सी “रअ”सँग मिलेर ओली र प्रचण्ड नै नेपाली सेना खारेज गर्ने षडयन्त्रमा

काठमाडाै असाेज ३१ ।स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले अरनिको टिभीसंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले नै नेपाली सेना विघटन गर्न लागेको एउटा ठुलो रहस्य खोतलेका छन् । त्यो पनि भारतीय गुप्तचर संस्था “रअ”संगको मिलेमतोमा । कुराकानीको क्रममा नेपालले राखेको धारणा निम्नानुसार छ।

 

नेपाली सेनाले नेपाली जनताले गरेका सबै आन्दोलनपछि भएका परिवर्तनलाई स्वीकार गरी जनताबाट चुनिएका सरकारका निर्णयलाई मानेको छ । आफ्नो व्यवसायिक कार्य भने कुशलतापूर्वक गरेको छ । नेपालमा विदेशी एजेण्ट नभित्रिएको एउटा मात्र संगठित राष्ट्रवादी शक्ति नेपाली सेना नै हो ।

 

तर, नेपाललाई सेना नै चाहिन्न भनेर अण्डरग्राउण्डबाट ओभरग्राउण्ड हुने बित्तिकै प्रचण्डले बालुवाटरमा भन्नु, नेपालमाजस्तै आन्तरिक युद्धपछि भएको शान्तिप्रक्रियापश्चात सेनालाई विघटन गरेको कोस्टारिकामा पुगेर त्यहाँको प्रक्रियाको बारेमा ओलीले बुझेर फर्कनु, जनतासँग प्रधानमन्त्री भन्ने कार्यक्रमको ११ औं भागमा कोस्टारिकाको रिपोर्ट बनाउन लगाएर प्रधानमन्त्रीले कोस्टारिकामा सेना विघटन गरी सेनामा हुने खर्च स्वास्थ्य र शिक्षामा लगानी गरेपछि कोस्टारिकाको विकास भएको भन्ने सन्देश दिन लगाउनु ९सेनाको खर्च स्वास्थ्य शिक्षामा लगाउनुपर्छ भनेजस्तो भ्रष्टाचार गरेको, स्रोत नखुलेको सम्पत्ति नातागोताको नाममा राखेको सबै स्वास्थ्य शिक्षामा लगाउनु नि ।

 

नेपालमा बिम्स्टेक सम्मेलनमा र अ का एजेण्ट र भारतीय सेनाका कमाण्डोहरुलाई मोदीको सुरक्षाका लागि भनेर नेपालमा चलखेल गर्न दिनु, सार्कस्तरीय सैनिक संगठन बनाउने त्यसको नेतृत्व भारतले गर्ने मोदीको प्रस्तवमा लचिलो हुनु लगायतका सबै परिघटनाले नेपाली सेनालाई विघटन गराएर ओली र प्रचण्डले नेपाललाई नै विलय गराउन खोजेको प्रष्ट भएको छ । राष्ट्र बचाउन सबै एक होऔँं ।

 

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्न र त्यस्तो सम्पत्ति राख्नेलाई कारवाही समेत गर्न दबाब सिर्जनाका लागि मेची महाकाली जनचेतनामुलक यात्राको पहिलो चरण पूरा गरेको छ । यस्तो सम्पति राख्नेहरुको लिष्ट नै आफु संग रहेको अभियन्ता नेपालले दाबि गरेका छन् ।

 

धर्म निरपेक्ष हटाएर नेपाललाई धर्म राज्य बनाउने हो भने बौद्ध धर्म सापेक्ष राष्ट्र बनाउनु पर्नेमा नेपालले जोड दिएका छन् । अभियन्ता नेपालको सबै विचार बुझ्नलाई तल भिडियोमा क्लिक गर्नुस ।

 

नयाँ बाटोबाट