जुम्लामा जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु


जुम्ला कार्तिक ७। सिजा गाउँपालिकाको नराकोटमा आज जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नंको जीप दुर्घटना हुँदा तिला गाउँपालिका–३ का लाले सार्कीसहित उनकी श्रीमती जानकी र आठ महीनाकी छोरी मैनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

जीप सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक सीताराम रिजालले जानकारी दिए । यस्तै रारादेखि पर्यटक बोकेको ग १ य १०९७ को जीप कनकासुन्दरी गाउँपालिका–६ गोरुचौर नजीकै सडकबाट खस्दा सात यात्रु सामान्य घाइते भएका छन् । घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।