एसपी बिष्टकी श्रीमतीले यस्तो लेख्छिन् अनुशन्धानमा लापरबाही गरेको आरोप खेप्दै आएका मेरो श्रीमान बारे मेरो अपिल

काठमाडाै ।सरकारले निलम्बनको तयारी गरेपछि कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुशन्धानमा लापरबाही गरेको आरोप लागेका एसपी डिल्लीराज बिष्टकी श्रीमती जानकी बिष्टले सार्वजनिक अपिल जारी गरेकी छिन् । आज म पनि मेरो परिवारका बारेमा सत्यकुरा भन्छु भन्दै उनले २ पेज लामो अपिल जारी गरेकी हुन् । उनले आफ्नो श्रीमान् लनशील, कर्मशील र सदाचारी भएको स्पष्ट पारेकी छिन् ।

 

भोजन र खानपानमा समेत सदाचार रहेको उनले स्पष्ट पारेकी छिन् । उनले आज म सत्य कुरा बोल्छु भन्दै भनेकी छिन् उहाँ कञ्चनपुर आएदेखि नै तनावमा हुनुहुन्थ्यो । जहिलै तनावमा देखेपछि के भयो भनेर सोध्थे । उहाँले मलाई नेता, पत्रकारको ठूलो दवाव छ खै म के गरौँ भन्नुहुन्थ्यो । बाँकी श्रीमती जानकीले लेखेको अपिल बाटै जान्नुहोस् ।