एक युवकमाथि चक्कु प्रहार

कञ्चनपुर, कात्तिक ८ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ खल्लाका १८ वर्षीय वीरेन्द्र रानाको पेटमा चक्कु प्रहार गरी घाइते बनाइएको छ ।आपसि विवादमा १९ वर्षीय कालु राना भनिने दिनेश रानाले गएराती बिरेन्द्रको पेटमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रानाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भैरहेको छ । चक्कु प्रहार गर्ने कालु प्रहरी नियन्त्रणमा रहेका छन ।

आगलागी हुँदा घर जल्यो

कञ्चनपुरको भीमदत्तनगरपालीका १९ भानुभक्त टोलका दल बहादुर सुनारको दुई तले टायलले छाएको घरमा गएराती आगलागी भएको छ ।

आगलागी बाट घर पुरै जलेको छ । पीडित परिवारका अनुसार घर भित्र राखिएको अन्न, लत्ताकपडा र महत्वपूर्ण कागजपत्र पुरै जलेर नष्ट भएको छ ।

नगरपालिका कार्यालयको दमकल, प्रहरी र स्थानियको सहयोगमा आगलागी माथि नियन्त्रण भएको थियो । आगलागी बाट मानविय र चौपाया क्षति भने हुन पाएको छैन ।