गाउँमा स्याल आतंक

बाजुरा, कार्तिक ९ बाजुराको पुर्वीउत्तरी भेगमा पर्ने बुढीनन्दा नगरपालिका–१ रावतबाडा गाउँमा स्याल पसेर मानिस र पशुलाई टोक्न थालेपछि गाउँमा भएका स्थानीय वृद्धवृद्धा र बालवालिकाहरु क्रसित बनेका छन् ।

स्याल दिउसै गाउँमा आएर गाउँमा भएका मानिस र पशुहरुलाई टोक्न थालेपछि गाउँ नै क्रसित बनेको स्थानीय जयरुप गीरिले बताएका छन् । गीरीका अनुसार स्याल गाउँमा पसेर आतकं फैलाउन थालेपछि आफुहरुलाई घाँस, दाउरा, यता उता हिँडडुल गर्न निकै समस्या भएको उनको भनाइ छ ।
स्थानीयहरु मिलेर स्याललाई गाउँबाट भगाउन प्रयास गरिएको भएपनि एक्कासि आएर गाउँमा रहेका पशुवस्तुलाई र मानिसलाई घाइते बनाएको स्थानीयहरु बताउँछन् ।

 

स्यालले टोकेपछि रेविज विरुद्धको खोप लगाउनु आवश्यक रहेको पशु चिकित्सक भरत जोशीले बताए । तर, पशु सेवा केन्द्रमा रेविज विरुद्धको खोप नभएकाले रेविज विरुद्धको खोप लगाउन समस्या भएको पशु चिकित्सक जोशीको भनाइ छ ।

 

स्याल गाउँमा पसेपछि जयरुप गिरीको १ वटा घरपालुवा कुकुर त्यस्तै खेमराज गिरीको १ बाख्रा र गाउँकै रन्या गिरीको बाख्राको पाठोलाई टोकेको ईलाका प्रहरी कार्यालय कोल्टी बाजुराले जनाएको छ । गाउँमा स्याल पसेपछि स्थानीय र पशुवस्तुलाई जथाभावि टोक्न थालेपछि ईलाका प्रहरी कार्यालय कोल्टी बाजुराले स्थानीयहरुलाई स्यालको आतंकबाट सतर्क रहन आग्रह गरेको छ ।