जाे यस्ता व्यक्ति छन् अचम्मका ६ओटा कलमले एकैपटक लेख्न सक्छन् जनकारीकाे लागि एक पटक अनिवार्य पढनुहाेला
दार्चुला, कात्तिक ९ । हरेक मानिससंग फरक कला र कुनै न कुनै प्रतिभा हुन्छ, कसैले आफुसंग भएको प्रतिभा पहिचान गरेर प्रयोगमा ल्याउँछन् भने कसैले आफैसंग भएको क्षमता चिन्न नसकेरपछि पर्छन् ।
साधारण प्रतिभा सबैमा हुन्छ तर कुनै कुनै मानिससंग विशिष्ट क्षमता हुन्छ, जुन कुरा सुन्दा अचम्म र असम्भव जस्तै लाग्न सक्छ । यस्तै बेजोड प्रतिभा भएका मनोज चन्दले अहिले देश, विदेश घुमेर आफ्नो प्रतिभा प्रस्फुटन गरी दुनियालाई सकारात्मक सन्देश प्रवाह गरीरहेका छन् । बैतडीको सिगास गाउँपालिका–९ चौखाम घर भएका मनोज चन्दसंग बेजोड लेखन कला छ ।
डडेल्धुराको जोगबुडामा २०४५ सालमा जन्मिएका चन्दले कक्षा ९ मा पढ्ने बेलादेखी गरेको प्रयासको फलस्वरुप दुबै हात, दुबै खुट्टा, दुबै कुहिना र मुखले सजिलै लेख्न सक्छन् । झनै रोचक त उनले ६ ओटा कलमसंगै चलाएर उल्टो र सुल्टो लेख्न सक्छन् ।
कक्षा ९ मा अद्ययन गर्ने बेलासम्म बाँया हातले लेख्ने चन्दलाइ सबै साथीभाइले बाँया हातले लेख्दा ‘लेप्ट्या’ भनेर हेप्न थालेपछि दाँया हातले लेख्ने प्रयास गरेका थिए । शुरु शुरुमा दायाँ हातले लेख्न समेत कठिन मानेका चन्दले दृढ संकल्प बोकेर अगाडि बढ्दा अहिले ६ ओटा कलमसंगै चलाएर दुबै हात, खुट्टा, कुहिना र मुखले समेत लेख्न सक्ने भएका छन् ।
निरन्तर प्रयास, आत्मविश्वास, दृढ संकल्प र सकारात्मक सोचले हरेक कुरालाइ प्राप्त गर्न सकिने चन्दको भोगाइ छ । मन र मस्तिष्कबाट आएको कुरा प्राप्त गर्न सजिलै सकिने तर त्यसका लागी आत्मबिस्वास र निरन्तर प्रयास हुनु आबश्यक रहेको उनको भनाइ छ ।
२०६७ सालदेखि आफ्नो कलालाइ देश विदेशमा देखाउन थालेका उनले हालसम्म डोल्पा हुम्ला र ताप्लेजुङ बाहेकका ७२ जिल्लामा लेखन कला प्रदर्शन गरिसकेका छन् । साथै अन्तरराष्ट्रिय रुपमा बैकंकबाट शुरु गरेर हंङकङसम्मका २३ ओटा देशमा समेत आफ्नो प्रतिभा देखाइसकेको चन्द बताउँछन् । ७२औँ जिल्लाको रुपमा दार्चुला पुगेका चन्दले नेपालका सबै जिल्ला र विदेशका विभिन्न ठाउँमा कला देखाउने योजना रहेको सुनाए ।
अहिले आफ्नो प्रदर्शनीलाई केन्द्रबिन्दुमा राखेर अगाडी बढीरहेको भएपनि निकट भबिष्यमा गिनिज बुक अफ द वल्र्ड रेकर्ड राख्ने चन्दको योजना छ । सकारात्मक सोचका साथ अगाडी बढ्ने क्रममा फरक फरक मानव स्वाभावका कारण बिभिन्न प्रतिक्रिया प्राप्त गरेपनि सबैले उत्साह थप्ने काम गरेकोमा उनी खुसी छन् । तर, देश विदेशको यात्रा गर्दा आर्थिक समस्याले सताउने बिषयमा सरकारबाट सहयोग माग्न खोजेपनि अहिलेसम्म आश्वासन मात्रै पाएको चन्दको गुनासो छ ।
विभिन्न ठाउँबाट फर्कँदा खल्तीमा एक दुइ पैसा समेत नहुने अवस्थाको समेत सामना गरेर अगाडी बढ्नु परीरहेको चन्दले अनुभव छ । ‘जीवन भनेको सिकाइ हो, सिक्नमा कहिल्लै पछि नपरौ’ लेखन कलाका धनी चन्दले भने, ‘आफुलाइ चिनेर जीवनमा केहि न केहि गर्न सक्छु भन्ने सोचेर अगाडी बढ्न सकेँ ।’ सकारात्मक बाटोमा हिड्न सकें जीवन जीउनुको सार्थकता हुनुको साथै सफलता पनि प्राप्त गरिने चन्दको अनुभव छ ।