जीप दुर्घटना हुदा तीन जनाको मृत्यु, डीआईजी घाइते


काभ्रे कार्तिक १०। काभ्रेको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

 

आजै पाँचखालमा भएको अर्को दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा–४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

 

उनका अनुसार दुर्घटनामा नेपाल प्रहरीका पूर्व एआइजी किरण गौतम, पनौतीका प्रदीप बोगटी, सीताराम हुमागार्इँ र शुसील भण्डारी घाइते भएका छन् । घाइतेमध्ये गौतमको अवस्था गम्भीर छ । घाइतेलाई धुुलिखेल अस्पतालमा ल्याइएको छ ।