कम्युनिस्ट नेतृत्वको सत्ता ५ बर्ष पनि टिक्न नसक्ने देशको काध थाप्ने गरी कांग्रेस अघि बढने प्रवक्ता विश्वप्रकाश शर्मा

काठमाडाै,  कार्तिक १०।प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कामले कम्युनिस्ट नेतृत्वको सत्ता ५ बर्ष पनि टिक्न नसक्ने संकेत देखिएको बताएका छन्। फिदिममा पत्र कारहरुसँग कुरा गर्दै शर्माले भने, ‘कम्युनिष्ट एकतापछि अबको २० बर्ष शासन गर्छन भन्ने लागेको थियो। अहिले सरकारको काम हेर्दा पाँच बर्षपछि कांग्रेस सरकारमा आउने देखियो।

 

संविधान कार्यान्वयनको अवस्था र सहयोगी प्रतिपक्षी हुँदा अहिले सरकारलाई काम गर्न सजिलो रहेको तर्क गर्दै उनले थपे, ‘तर काम देखिएको छैन, प्रधानमन्त्रीले बोलीले हैन कर्मले इतिहास लेखिन्छ भन्ने बुझ्नु पर्छ। कुरा बुझियो तर काम बुझिएन।

 

पाँच बर्षपछि देशको काध थाप्ने गरी कांग्रेस अघि बढेको दाबी गर्दै उनले शेरवहादुर देउवा र रामचन्द्र पौडेल मिलेर पार्टीलाई अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिए।

 

फरक प्रसंगमा उनले झापामा बनाउन लागिएको आदिवासी रंगशालाई मदन भण्डारीको नाममा नामकरण गर्ने सरकारको प्रयत्नप्रति आपत्ति जनाए। ‘मदन भण्डारीलाई हामी सम्मान गर्छौं। तर झापाको पाडाजुगिको जमिनमा जनजातिको चिहानमा मेटेर बनाइने रंगशाला आदिवासीकै नाममा हुनु पर्छ’, शर्माले भने, ‘आदिवासी बाहुल्यता रहेको फिदिमबाट भन्छु सरकारले मदन भण्डारीको नाममा नामकरण गर्न खोजे आदिवासी जनजाति नामकरण गराउन कांग्रेस काँध थाप्न तयार छ। नागरिक न्युज