बझाङमा एक महिला घाँस काट्न जाने क्रममा लडेर मृत्यु

बझाङ, कार्तिक१३ । घाँस काट्ने क्रममा भिरबाट लडेर बझाङमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–१ गोठखोलाकी २२ वर्षीया पार्वती जोशी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

 

घर नजिकै आफ्नै बारीमा घाँस काट्दै लडेर सिकिस्त घाइते भएकी जोशीको उपचारका लागि जिल्ला अस्पताल ल्याउदै गर्दा बीच बाटोमा नै मृत्यु भएको हो । जोशीको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको जनाइएको छ ।