गण्डकी प्रदेशको छनाेट भयाे लोगो, विनितले पाउने भए २५ हजार पुरस्कार


पोखरा असाेज १५। गोरखाका विनित रानामगरले तयार गरेको गण्डकी प्रदेश सरकारको प्रतिक चिन्ह ९लोगो० छनोट भएको छ । प्रदेश लोगो तथा पोशाक सिफारिस समितिको बैठकले रानाले बनाएको लोगोलाई सर्वोत्कृष्टसहित छनोट गरेको हो ।

समितिले प्रदेशको लोगो निर्माणका लागि गएको साउन २१ गते सार्वजनिक सूचना जारी गरिएअनूरुप प्राप्त लोगोमध्ये उत्कृष्ट एक छनौट गरिएको समितिका संयोजक मायानाथ अधिकारीले बताए ।

 

प्रतिस्पर्धामा सफल निवेदक रानामगर सहित ५ जनाको विभिन्न १२ वटा लोगो समितिलाई प्राप्त भएका थिए । उत्कृष्ट लोगो घोषित भएका रानामगरले २५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन्।