ट्याक्टर अन्यिन्त्रीत भई पल्टदा एक जनाको मृत्यु

    शोभा जिसी

नवलपरासी,असोज १५।पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १४ जिगौरा भञ्जाङ्गको भित्री सडक खण्डमा ट्याक्टर अन्यिन्त्रीत भई पल्टदा एक जनाको मृत्यु भएको छ ।

 

भित्री सडकमा विजुलीको पोल लोड गर्ने क्रममा लु ३ त ९९३२ नम्वरको ट्याक्टर आफै अनियन्त्रत भइ सडक छेउको नालीमा पल्टदा ट्याक्टरमा सवार २६ वर्षीय केशव सिंह दरलामी विजुलीको पोलमा ठोकी घाईते भएका थिए ।

 

घाईतेको टाउकोमा गम्भीर चोट लागेको र उनको उपचारको क्रममा चितवन पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।