वडा सदस्यको लडेर मुत्यु

सांकेतिक तस्बिर

दार्चुला, असोज १८ । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर ६ हुतीका वडा सदस्य जयसिंह खातीको घर जाने क्रममा लडेर मृत्यु भएको छ ।बिहीबार सदरमुकाम खलंगाबाट घर फर्किने क्रममा व्यास गाउँपालिका–६ तिगरमपूल नजिकै लडेर ६५ वर्षीय खातीको घटनास्थलमै मृत्यु भएको हो ।

 

भारतीय बाटो हुँदै घर जाने क्रममा भीरालो बाटोमा चिप्लिएर खातीको मृत्यु भएको व्यास गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष मनोजसिंह कुँवरले जानकारी दिए । खातीको भारतीय क्षेत्रमा मृत्यु भएको कारण शबलाइ भारतीय प्रहरीले राखेको छ । घट्नास्थल भारत पिथौरागढ जिल्लाको धारचुला अन्तर्गत तिगरम क्षेत्रमा पर्छ ।

 

मृतक खाती जनप्रतिनिधि भएको कारण शवको पोष्टमार्टम कहाँ गर्ने भन्ने विषयमा व्यास गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकी र भारतीय प्रहरीबीच छलफल भइरहेको जनाइएको छ ।