आज नेप्सेमा झिनो सुधार आएता पनि कारोबार घट्ने क्रम भने जारी

काठमाण्डौ,असोज २४ । साताको चौथो दिन अर्थात् बुधबार नेप्से सामान्य अंकले बृद्धि भएको छ भने कारोबार रकम घट्ने क्रम भने जार िनै रहेको छ । नेप्सेमा बुधबार ०.४० अंकले बृद्धि भएर १२१८.३३ बिन्दुमा पुगेको छ ।

 

यो संगसंगै कारोबार बन्द हुँदा बुधबार १६२ कम्पनीका ८ लाख ५६ हजार १८७ कित्ता शेयरको कारोबार हुन पुगेको छ । आज २२ करोड ६५ लाख २४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

 

आज कारोबार भएका दश उप सूचकमध्ये बैंकिङ्ग र उत्पादन तथा प्रशोधन समूहको सूचक वृद्धि भएको छ भने अन्य उपसूचक भने घटेका छन् । आज बैंकिङ्ग २।३८ अंकले र उत्पादन तथा प्रशोधन ६.१५ अंक वृद्धि हँदा माइक्रोफाइनान्स ५.९३, हाइड्रोपावर ५.६१, निर्जीवन बीमा ५.०९ अंकले घटेको छ । यस्तै विकास बैंक ३.८, फाइनान्स २।२२, अन्य १.४५ र जीवन बीमा १.१८ अंकले घटेको छ । आज होटल समुहको सूचक सबैभन्दा धेरै ६.७३ अंकले घटेको छ ।