सहन्यायाधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ

पोखरा, असोज २४ । पोखराको सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। थापा बुधबार बिहान पौने ९ बजे कार्यालयबाट घुस रकमसहित पक्राउ परेका हुन् ।

 

ठगी मुद्दालाई सर्वोच्चमा पुनरावेदन नगराउने प्रलोभन देखाएर उनले घुस मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।