उपसचिवसहित तीन सरकारी अधिकारी घूससहित पक्राउ

काठमाडौँ, असोज २५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन सरकारी कर्मचारीलाई बुधबार घूस रकमसहित पक्राउ गरेको छ । उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता ९उपसचिव० सुरेन्द्रबहादुर थापा ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

 

सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभनमा पारी घूस रकम लिइरहेको अवस्थामा थापालाई कार्यकक्षबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

 

प्रवक्ता सहसचिव रामेश्वर दंगालद्वारा बुधबार जारी विज्ञप्तिमा बुधबारै मालपोत कार्यालय कास्कीका अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि ५० हजार रुपैयाँ घूस सहित पक्राउ गरिएको उल्लेख छ ।आजको कान्तिपुर दैनिकबाट ।