कमाउन गएको छोरो कफिनमा

काठमाडौं असाेज २६। साउदीको जुहेलस्थित एउटा मिनिरल वाटर कम्पनीमा कार्यरत थिए, झापा कन्काई नगरपालिका २ सुरुंगाका ३१ वर्षीय झलक श्रेष्ठ ९दीपक० साउदीमा दुर्घटनामा परी मृत्यु भएका झापा सुरुंगा २ का दिपक श्रेष्ठका वुवा,छोरा र श्रीमती । गत असोज ८ गते बिहान श्रीमती विन्दुसँग उनले निकै लामो फोनमा कुरा गरेका थिए ।

 

श्रीमती विन्दुका अनुसार उनले दसैं बिदा नमिलेका कारण तिहारपछि आउने योजना सुनाए । कस्तो विडम्बना † त्यही दिन अपराह्न ४ बजे उनी दुर्घटनामा परे । तिहारपछि होइन, दसैंअघि नै उनी घर फर्किए तर काठको बाकस ९कफिन० मा । जुहेलस्थित अल अब्दुल्लाह अब्दुल वाहक अल वाराक कम्पनीको हेभी ट्रकका चालक थिए दीपक । दुई वर्षअघि युसो ग्लोबल म्यानपावरमार्फत उनी त्यहाँ पुगेका हुन् । ‘ऊ तेस्रोपटक साउदी गएको थियो’, बुवा जितबहादुर भक्कानिए, ‘यसअघि पनि दसैंमा आउने, जाने गथ्र्यो । यो पटकचाहिँ पापी दैवले चुँडेर लग्यो ।’

 

मृत्युको दिन दीपक कम्पनीको मान्छे लिन एयरपोर्ट जाँदै थिए । तर, एयरपोर्ट पुग्न नपाउँदै बीच बाटोमै उनको गाडी दुर्घटना भयो । घटनास्थलमै उनको मृत्यु भयो । मृत्युको भोलिपल्ट मात्रै परिवारले खबर पाएको बताए । ‘छोराको मृत्युको भोलिपल्ट कम्पनीका सुपरभाइजर मनोज पौडेलले फोनबाट खबर सुनाए, तर पत्यार लागेन,’ बुवा जितबहादुरले बिलौना गर्दै भने, ‘यथार्थ रहेछ । अहिले पनि सपनाजस्तो लागिराछ ।’

 

खाडीमा मृत्यु भएकाको शव ल्याउन साह्रै समस्या छ । मृत्युलगत्तै शव ल्याउने पहल भएको तर प्रक्रिया लामो भएको काका डिगेनले सुनाए । ‘बल्लतल्ल १७ दिनपछि शव ल्याउन सक्यौं,’ उनले भने, ‘साह्रै झमेला हुँदोरहेछ शव ल्याउन ।’बुधबार दीपकको शव बुझ्न बुवा जितबहादुर, काका डिकेन तथा आफन्त एयरपोर्ट पुगे । धेरैका छोरा दसैं मान्न घर फर्किंदा दीपक भने काठको बाकसमा आए । छोराको शव बुझ्न गएका जितबहादुर र आफन्त भक्कानिए ।

 

‘आफू मर्ने बेलामा छोराको किरिया बस्नुको पीडा कस्तो होला,’ जितबहादुरले बिहीबार सुरुंगास्थित घरमा भने, ‘त्यो मलाईमात्रै थाहा छ ।’ दीपक उनका कान्छा छोरा हुन् । उनका श्रीमती र एउटा छोरा छन् । ‘नातिको भविष्यको चिन्ताले मलाई सताइरहेको छ,’ आमा पवित्राले चिन्ता गरिन् । आजको कान्तिपुरबाट ।