हात धाैऔं रोगबाट बचौ भने विभिन्न कार्यक्रम गरि विश्व हात धुने दिवस मनाइयाे

पहलमान रोकाया

मुगु असाेज २६।  हात धाैऔं रोगबाट बचौ भने नाराका साथ ३दिन सम्म विभिन्न कार्यक्रम गरि विश्व हात धुने दिवस मनाइएको छ ।ब्याक टु लाइफ इभी जर्मनी र मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेण्डेक नेपाल मुगुको आर्थिक सयोगमा खत्याड गाँउपालीको ६न.वडामा पर्ने मस्टा आधारभुत विद्यालय राष्कोटीबाडामा विश्व हातधुने दिवस मनाएको छ ।

 

सन् २००८अक्टोबर १५तरिख देखी यो दिवस मनाउन थालियको हो । साबुन पानीले मिचिमिचि हात धोए धेरै रोगबाट बच्न सकिने चिकित्सकहरुको भनाइ छ । साबुन पानिले हात धोएमा झाडापखाला जस्ता रोग लाइ ४०प्रतिशत र श्वसप्रश्वस सम्बन्धी संक्रमणलाइ २३प्रतिशतले घटाउन सकिने स्वास्थ्य कर्मी तथा  हेरेण्डेक नेपाल मुगुका स्वास्थ्य विभाग प्रमुख श्री पहलमान रोकायाले बताउनु भयाे।

 

उक्त विद्यालयमा रहेका २३५ जना बिद्दार्थीलाइ भाद्र ३०गते कक्षा कोठामा प्रशिक्षण कार्यक्रम गरि हात धुने ७ वटा तरिकाको बारेमा छलफल र सिकाउने काम गरिएकाे थियो। दोस्रो दिन तिनै विद्यार्थिबाट छनोट गरि चित्रकला प्रतियोगिता र हात धुने रेशमा छनोट गरिएको थियो । तेस्रो दिन यी दुवै प्रतियोगितामा क्रमश पहिलो ,दोस्रो र तेस्रो हुनेलाइ पुरस्कार वितरण गर्ने काम गरियको थियो । उक्त दिन व्यवस्थापन समिति, शिक्षक, शिक्षिका ,अभिभावक र बिद्याथिको निकै ठुलाे भीड थियो। 

यसै अवसरमा प्र .अ .श्री दिर्घ ब. शाहीले मनतब्य राख्नु भयकाे थियो हात कै कारणले धेरै प्रकारका रोगबाट ग्रसित हुने भएकाले अब खाना खाने समय र,खाजा, नास्ता खाने समयमा अनिर्वाय हात धुने गर्नु पर्छ भनि प्रेरित आफ्ना विद्यार्थी भाई बहिनीलाइ गर्ने छु। यो कार्यक्रम खासमा असोज २९गते मनाउनु पर्ने हो । तर हामी नेपालीहरुको महान चाड बिजया दशमीलिे गर्दा सबै विद्दयालय बन्द हुने भएको हुदाँ हामीले यो कार्यक्रम असोज  पहिलाे साता  नै गर्नु परेकाे  भनेर भनु  हुन्छ हेरेण्डेक नेपाल मुगुका शिक्षा विभाग प्रमुख श्री गोविन्द प्रसाद सन्ज्यालले  बताउनु भयाे ।