प्रवासी मेमेङ समाज मलेसिया द्वारा मृगौला पीडित लाई आर्थिक सहयोग

         निसुम  शुक्र चङ्बाङ( मलेसिया )

काठमाडाै कार्तिक १५। प्रवासी मेमेङ समाज मलेसियाले यो भन्दा अगाडी पनि दुखमा परेका दुखी पीडितहरुलाई विभिन्न चरणमा सहयोग गर्दै आई रहेको छ। यो संस्थाले आफ्नो समाज सेवालाई निरन्तरता दिदै मृगौला पीडित अमिसा केरुङलाई आज नगद रु ५ ,०६ , ८५४( पाँच लाख , छ हजार , आठ सय , चौवन्न  रुपैयाँ) सहयोग गरेको छ ।

फालेलुङ गाउँ पालिका वडा न. ३ ताङ्लेपा साबिक मेमेङ ४ पाँचथर निवासी बाल कुमार केरुङ लिम्बू को छोरी बर्ष ११ कि अमिसा केरुङ बिगत लामो समय देखि मृगौलाको रोगले सिकिस्त बिरामी  भइ अहिले बि. पि. स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार को क्रममा रहेको

र आर्थिक स्थिति अत्यातै कमजोर भएकोले फालेलुङ  मेमेङ  पाँचथर बाट विभिन्न कामकाे सिलसिलामा मलेसियामा रहेकाहरु द्वारा मलेसियामा स्थापना गरिएको  प्रवासी मेमेङ समाज मलेसिया र विभिन्न देशमा रहेका सहयोगीहरु मार्फत संकलन गरेको सहयोग रकम नेपालमा रहेको आफ्नो सम्पर्क समिति मार्फत हस्तान्तरण गरिको छ ।

 

अहिले बिरामी र बिरामीको बुबा आमा बिरामी संगै बि. पि. सवास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा रहेकोले बिरामीको हजुर बुबाको हातमा सहयोग हस्तान्तरण गरिएको  प्रवासी मेमेङ समाज मलेसियाको नेपालका सम्पर्क समितिका अध्यक्ष महेन्द्र केरुङ लिम्बू ले जानकारी दिनु भएको छ ।

फालेलुङ गाउँ पालिकाको वडा न. ३ को वडा कार्यलयमा  प्रवासी मेमेङ समाज मलेसियाको नेपाल सम्पर्क समितिका अध्यक्ष महेन्द्र लिम्बू केरुङको अध्यक्षतामा मिति २०७५ कार्तिक १५ गते एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो ।

 

फालेलुङ गाउँ पालिका वडा न.३ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि वीर बिक्रम थाम्सुहाङ को हात बाट रु ५ ,०६ ,८५४ , पाँच लाख , छ हजार , आठ सय , चौवन्न रुपैया बिरामीको हजुर बा (बाजे )लाई हस्तान्तरण गरिएको छ ।

सो सहयोगमा हस्तान्तरण कार्यक्रममा ईलाका प्रहरी कार्यलय मच्छेबुङ का प्रहरी हवल्दार महेन्द्र डागी , फालेलुङ गाउँ पालिका वडा न. ३ का सचीव हर्क प्रसाद जबेगु अन्य निर्बाचित प्रतिनिधिहरु , समाज सेवीहरु लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।