गोली प्रहार गरी एक व्यक्तिको हत्या

बर्दिया, कात्तिक १९ । बर्दियामा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । बढैयाताल गाउँपालिका–३ गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।

 

घरमा सुतिरहेका खटिकलाई गोली प्रहार गरी लुटेरा समूहले घरमा रहेको ५० हजार रुपैयाँसमेत लुटेर लगेका प्रहरीले जनाएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका खटिकको उपचारको क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको हो । हत्या र लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।