नेपाली कांग्रेस बाजुराको पाँचौ जिल्ला सम्मेलन सुरु

काठमाडौँ कार्तिक १९  नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराको पाँचौ जिल्ला सम्मेलन शुक्रबारदेखि जिल्ला सदरमुकाम मार्तडीमा सुरु भएकोे छ । कांग्रेस बाजुराले तीन ओटै तहका निर्वाचन सम्पन्न पश्चात त्यसबाट पार्टीले प्राप्त गरेको परिणाम र वर्ष भरीको जिल्ला स्तरको नेता तथा कार्यक्रताबीचको समिक्षा र भावी योजनाको बारेमा पाँचौ जिल्ला सम्मेलनको आयोजना गरिएको कांग्रेस जिल्ला कार्यसमितिका पुर्व सचिव एंव पाँचौ जिल्ला सम्मेलनका संयोजक धनराज पण्डितले बताएका छन् ।

 

पाँचौ जिल्ला सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पूर्व सिचाई मन्त्री एनपी साँउदले उद्घाटन गरेका छन् । कार्यक्रममा जिल्ला भरिका ९ वटै स्थानीय तहका नेता तथा कार्यक्रता, पार्टीका भातृ संघसंगठन लगायत जिल्लामा ९ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा विजयी भएका नेपाली काँग्रेस समर्थकका जनप्रतिनिधीहरुको सहभागीता रहेको छ ।