छुट्टाछुट्टै घटनामा दुईको मृत्यु


चितवन कार्तिक २४। पूर्वी चितवनको राप्तीमा भएको छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने सवारी ठक्करबाट अर्को एकजनाको मृत्यु भएको हो।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका गड्यौलीस्थित खेतमा काम गर्न जाँदा आज बिहान करीब ७ः५० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीयवासी २३ वर्षीय सागर राईको मृत्यु भएको छ।

 

यस्तै पूर्वपश्चिम राजमार्गअन्र्तगत राप्ती नगरपालिकास्थित हर्दिमा गए राति भएको सवारी दुर्घटनामा परी राप्ती नगरपालिका–१ का रमेशबाबु त्रिपाठीको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

पूर्वबाट भरतपुरतर्फ आउंँदै गरेको ना ४० प ७०२४ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीले ठक्कर दिँदा मोटरसाइकल चालक त्रिपाठीको घटनास्थलमा नै मृत्यु भएको हो। सवारी साधन फरार रहेकाले पहिचान नभएको प्रहरीले जानकारी दिएको छ।