भुलबस फेसबुकबाट एसएमएस गयाे ? अब चिन्ता नगर्नुहाेस् डिलिट गर्न सकिने


काठमाडौं कार्तिक २९। फेसबुकबाट भुलबस एसएमएस गयो  चिन्ता नगर्नुहोस् अब डिलिट गर्न सकिने भएको छ।

यसअघि प्राप्त मेसेज डिलिट गर्न सकिएपनि पठाइ सकेको मेसेज आफ्नो इनबक्समा मात्रै डिलिट हुने गरेकोमा अब अरूकोमा डेलिभरी भएको सन्देश पनि डिलिट गर्न सकिने छ ।

 

यसबाट फेसबुकमार्फत हुने अपराधमा समेत कमी हुने विश्वास लिइएको छ । कतिपय अवस्थामा पुराना मेसेज देखाएर महिला या पुरुषलाई ब्ल्याकमेल गर्ने समस्याबाट पनि यसले मुक्ति दिने छ। अब आफूले कुनै अरुलाई पठाएको मेसेज उसको इनबक्सबाट समेत मेटन सकिने छ ।

 

फेसबुकले पठाइएको मेसेज डिलिट गर्नका लागि १० मिनेटको समयसीमा तय गरेको छ । यसको अर्थ के हो भने यदि युजरले कसैलाई भूलबस सन्देश पठाएको छ, भने यो सन्देश डिलिट गर्नका लागि तपाईलाई दश मिनेटको समय दिइएको हुनेछ । अनसेण्ड फिचरका माध्यमबाट प्रयोगकर्ताले च्याटसँगै पठाएका फोटो र भिडियो पनि डिलिट गर्न सक्नेछन्।

 

फेसबुकले अनसेण्ड गरेको मेसेजको कपी केही समयका लागि आफूसँग राख्नेछ । कतै यी मेसेज कसैलाई दुव्र्यवहार गर्न त होइनन भनेर चेक गर्न फेसबुकले केही समय यी मेसेज आफूसँग राख्ने भएको हो ।

 

दुखको कुरा चाहिँ के छ भने यो सुविधा हालका लागि भने नेपालका लागि खुला गरिएको छैन । अहिले बोलिभिया, पोल्याण्ड, कोलम्बिया र लिथुआनिया जस्ता देशमा यो फिचर दिइएको छ । तर छिट्टै यो फिचर नेपाललगायत विश्वभरी प्रदान गरिने विश्वास भने गर्न सकिन्छ ।

 

यो फिचरलाई प्रयोग गर्न प्रयोगकर्तालाई आफूले पठाएको मेसेजमा ट्याप गरेर त्यसलाई केही समय होल्ड राख्नुपर्ने हुन्छ । त्यसपछि सबैका लागि हटाउनुस् भन्ने अप्समा क्लिक गरेर त्यो मेसेज हटाउन सकिन्छ ।