नेविसंघ आजबाट स्वतः भङ्ग


काठमाडौँ मंसिर १। तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आज शनिबारबाट स्वतः भङ्ग हुने भएको छ ।

१२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमाभित्र पनि अधिवेशन गर्न नसकेपछि उत्पन्न अन्योल हटाउन आज शनिबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।   आजको नेपाल समाचारपत्र बाट ।