एक युवकको प्रदेश प्रमुख कार्यालय नजिकै विभत्स हत्या

धनगढी, मंसिर १ । कैलालीको धनगढीमा शुक्रबार राति एक युवकको विभत्स हत्या भएको छ । धनगढी उपमहानगरपालिका–४ मा रहेको प्रदेश प्रमुखको कार्यालय नजिकै करिब २७ वर्षीय विजय थापाको हत्या भएको प्रहरीले जनाएको छ।

 

हत्याको आरोपमा उपमहानगरपालिका–४ कै आशिष सेटी पक्राउ परेका छन् । हत्यापछि थापाको शव घिसार्दै लैजाने क्रममा सेटी फक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरि वलीले बताए ।

 

‘शुक्रबार राति करिब ९ बजे घटना हो,’ प्रहरी नायब उपरीक्षक वलीले भने, ‘गस्तीमा रहेका प्रहरीले शवसहित सेटीलाई पक्राउ गरेको हो ।’ प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।