अज्ञात समूहद्धारा गोली हानी एक जनाको हत्या


विराटनगर मंसिर ५। सुनसरीको दुहबीमा अज्ञात समूहले स्थानीय बाबा इँटा उद्योगका म्यानेजर फिदा हुसेनको बुधबार बिहान गोली हानी हत्या गरेको छ ।

सुनसरीका एसपी राजन अधिकारीले मोटरसाइकलमा आएका अज्ञात समूहले हानेको गोली लागी घाइते हुसेनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए ।

 

हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ । मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा ५४ वर्षीय हुसेनमाथि गोली चलाएका थिए।

 

गोली कसले र किन चलाएको खुल्न सकेको छैन। गोली चलाएर ती दुई व्यक्ति दक्षिणतिर भागेको स्थानीय बासिन्दाले बताएका छन्। यसैबीच हत्यारालाई कारबाही माग गर्दै स्थानीय बासिन्दाले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।